नेपालका राज नेताहरुले देखाएको सद्भावको मुल्याँकन गर्ने हो भने भारतले पछिल्ला दिनहरुमा देखाएको नेपाल प्रतिको सद्भाव स्पष्ट भएको छ । सत्तामा पुग्नका लागि भारतकै पुजा गर्ने, आर्शिवाद लिने अनि देशका विभिन्न सन्धि सम्झौताहरुमा चुपचाप हस्ताक्षर गर्ने नेपालका राज नेताहरुको ्बिगतको प्रचलनका कारण अहिले सिँगो नेपाल संकटमा छ । नेपालका जनताहरुले चुनेका प्रतिनिधीहरुले बनाएको संविधानमा भारतको चासो बढ्नुले पनि यसलाई स्पष्ट संकेत गर्दछ । अहिले भारतले दिएको ७ बुदे सुझावले स्पष्ट पारेको छ हामी अँझै हामी उपनीवेशकै परिधिभित्र छौ । किनकी नेपालको संविधान बन्दा अरु मुलुकलाई भन्दा भारतलाई बढी चासो हुनुले यो संकेत देखिन्छ ।
संविधानमा गर्नुपर्ने सातबुँदे संसोधनको खाका भारतले तयार गरेको छ । अर्कोतर्फ तराईको आन्दोलनको बारेमा भारतीय संचार माध्यामहरुले उल्लेख गरेका कुराहरुलाई समेत अव नेपालका दलहरुले गम्भिर भएर सोच्नुपर्ने देखिएको छ ।
हुँदा हुँदा २०६२ । ०६३ को आन्दोलनको उपलब्धि भन्दै नागरिकता बाँडेका नेपालका दलहरुले यसपालिको उपलब्धिका रुपमा भारतलाई कुनै सहुलियत नदिने भएपछि एकाएक आएको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बिभाजन र नेपाली पुरुषसँग विवाह गर्ने विदेशीले अंगिकृत नागरिकता पाउने तथा राष्ट्रपति,प्रधानमन्त्री, मुख्यमन्त्रीसहितका केही पदका लागि वंशजको नागरिक हुनु पर्ने व्यवस्था हटाउनु पर्ने, लगायतका कुराहरुले नेपालका राजनेताहरुले राष्ट्रियता सँगै आफ्ना पुस्ताको भाग्य र भविष्यको लागि भएपनि नयाँ कदम चाल्नुपर्ने देखिन्छ ।








